१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो



काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले बढेर ४६७ दशमलव ४५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक तीन दशमलव ५६ अङ्कले बढेर १८१ दशमलव १३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक तीन दशमलव १३ अङ्कले बढेर १५७ दशमलव ९१ मा पुगेको छ ।

विभिन्न कम्पनीका दुई करोड तीन लाख ८७ हजार ४१३ कित्ता सेयर रु आठ अर्ब २९ करोड १७ हजार ११५ मूल्यमा खरिद बिक्री भएको छ ।

सबै उपसमूहमा सकारात्मक देखिएका छन् । कूल २६५ कम्पनीको सेयर बढ्यो भने १२ कम्पनीको सेयर घट्यो । त्यसैगरी एक कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैङ्क र मल्टिप्रपोज फाइनान्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैङ्क, केबिएल डिबेञ्चर बोटर्लस नेपाल बालाजुलगायत लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ४ : ३६ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका