४ आश्विन २०८३, आइतबार | September 20, 2026

गुडिरहेको ईभी हाईसमा आगलागी



बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ। महेन्द्र राजमार्गको बारबर्दिया नगरपालिका(७ रम्मापुर खण्डमा गुडिरहेको अवस्थामा ईभी हाईसमा आगलागी भएको हो । आज(आइतबार) बिहान ६:५० मिनेटको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुप. प्र. ०१-००२ ज ४३३ नम्बरको ईभी हाईस कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा एक्कासि आगलागी भएको हो । आगलागी भएको ईभी हाईस कैलाली धनगढी उपमहानगरपालिका(३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।

ईभी हाईसमा चालक र सहचालक मात्र रहेकोले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगलागी भएको ईभीमा लागेको आगो निभाइएको थियो ।

गुडिरहेको अवस्थामा एक्कासि आगलागी हुँदा ईभी हाईसमा राखिएको कागजपत्र र नगद रु ४२ हजार जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी रेशम बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १ : २८ बजे

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।