२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

त्रिपुरेश्वर बस आगलागीमा चालक गम्भीर



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा भएको आगलागीमा घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा भीषण आगलागी भएको थियो। आगलागीमा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा घाइते भएका हुन्।

आगलागीपछि लामालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो। उनलाई दिउँसो करिब १ बजे अस्पताल ल्याइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार शरीरको करिब ९० प्रतिशत भाग जलेको चालक लामाको अवस्था गम्भीर छ ।

अचानक बसमा आगलागी भएपछि बस पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ४७ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक