९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असोज ८ गते साविककै आकारमा रंग परिवर्तन गरिएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ नोट चलनचल्तीमा ल्याएको जनाएको छ । 

नयाँ नोट वैजनी रंगको घेराभित्र फिक्का हरियो रंगको छ । नोटको अग्र भागको मध्य खण्डमा श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ भन्ने उल्लेख छ ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । नोटको दायाँतर्फको तल्लो भागमा दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सहजताका लागि एक हजार अंक जनाउने रोमन अक्षर एम राखिएको छ । सगरमाथाको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा राखिएका छन् ।

सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ । नोटमा ३ दशमलव ५ मिलिमिटर चौडाइको सुरक्षण धागो राखिएको छ । नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर छ ।

नोटको पृष्ठ भागको मध्य खण्डमा राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुई हात्तीहरूको चित्र राखिएको छ । नोटको पृष्ठ भागमा पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्र प्रयोग गरिएको छ । केही दिनअघि राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोटको सिरिज सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १ : ३९ बजे

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन

हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

काठमाडौं। जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी