१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

लोमान्थाङमा हिमपातले जनजीवन कष्टकर, पाकेको बाली नष्ट



मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ । बाली भित्र्याउने मुख्य समयमा मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट हुनुका साथै भूकम्पपीडितहरू थप समस्यामा परेका छन् ।

केही समयअघि गएको भूकम्पबाट प्रभावित भई पाल तथा चर्किएका घरमा बसोबास गरिरहेका नागरिकहरू वर्षा र हिमपातका कारण बढी प्रभावित भएका हुन् । भत्किएका तथा चर्किएका घरमा बस्न नसक्ने अवस्था रहेकाले कतिपय परिवार पालमा आश्रय लिएर बसिरहेका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार भत्किएका र चर्किएका घर तथा पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू चिसोमा रात बिताउन बाध्य भएका छन् । लगातारको वर्षा र हिमपातका कारण उनीहरूको दैनिकी थप कठिन बनेको अध्यक्ष गुरुङले बताए ।

वर्षा र हिमपातले बस्तीमा मात्र नभई किसानको वर्षभरिको मिहिनेतसमेत खेर फालेको छ । पाकेको बाली भित्र्याउने समयमा नै हिउँ र पानी परेपछि खेतबारीमा रहेको अन्नबाली नष्ट भएको स्थानीय किसानहरूले बताएका छन् । यसबाट किसानहरू चिन्तित बनेका छन् ।

क्षेत्रमा अत्यधिक चिसो बढेकाले गाउँपालिका अध्यक्ष गुरुङले सर्वसाधारणलाई धैर्य र सतर्क रहन आग्रह गरेका छन् । मौसममा सुधार आएपछि मात्र वर्षा र हिमपातबाट भएको क्षतिको पूर्ण तथा यकिन विवरण संकलन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : ५७ बजे

पत्रकार पक्राउको विरोधमा माइतीघरमा महासंघको प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, पाँच जबर्जस्ती करणी मुद्दाका

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको