११ आश्विन २०८३, आइतबार | September 27, 2026

मनाङमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, नदीतटीय क्षेत्रमा सतर्कता



काठमाडौं । मनाङको चामेनजिकै पहिरोसँगै आएको लेदो तथा बाढीका कारण मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ। ‘घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको हो ।

नदीको बहाव अहिले आंशिक रूपमा सुचारु भए पनि पहिरो खस्ने क्रम भने रोकिएको छैन। सम्भावित जोखिमलाई मध्यनजर गर्दै मर्स्याङ्दी नदी आसपास साइरन बजाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले मर्स्याङ्दी नदीतटीय क्षेत्र, करिडोर तथा आसपास बसोबास गर्ने सर्वसाधारणलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नदीको बहावमा थप वृद्धि हुन सक्ने भएकाले नदी आसपासका बस्ती तथा सडक क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ८ : १४ बजे

मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हेटौँडा । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक

अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै

मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा

मनाङमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, नदीतटीय क्षेत्रमा सतर्कता

काठमाडौं । मनाङको चामेनजिकै पहिरोसँगै आएको लेदो तथा बाढीका कारण

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर