११ आश्विन २०८३, आइतबार | September 27, 2026

बाढीले उजाडियो पर्वतको फर्से बजार



पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार क्षणभरमै उजाड बनेको छ । निरन्तरको वर्षापछि आज बिहान आएको बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन् । यस्तै, २५ घर उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

“फर्सेको पुरानो बजारका अधिकांश कच्ची घर बाढीले बगाएको छ”, उनले भने, “बचेका घर पनि बस्न मिल्ने अवस्थामा छैनन् । बाढीले नदीकिनारको बस्ती नै उजाडेको छ ।” बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताए ।

बाढीले घर बगाएपछि विस्थापित बनेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । विस्थापितमध्ये केही परिवारलाई नजिकका आफन्तकहाँ आश्रयको व्यवस्था मिलाइएको छ । गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी दिनेश पौडेलले बाढीबाट विस्थापित परिवारका लागि तत्काललाई ‘होल्डिङ सेन्टर’मा राखिएको बताए । सोमबारदेखि राहत तथा पुनःस्थापनाको काम सुरु हुने उनको भनाइ छ ।

बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । पोखरा–बागलुङ हुँदै मुस्ताङ जाने सडकमा पनि क्षति पुगेको उनले बताए । सडक कटान भएपछि सो खण्ड हुँदै पोखरा जाने यातायातका साधन सञ्चालन हुनसकेका छैनन् ।

नजिकैको लस्ती बजार पनि बाढीले जोखिममा परेको गाउँपालिकाले जनाएको छ । बाढीको कटानबाट खेत, सडक, पुल, खानेपानी आदिमा क्षति पुगेको छ । पर्वतमा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : ५७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हेटौँडा । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक

अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै

मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा

मनाङमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, नदीतटीय क्षेत्रमा सतर्कता

काठमाडौं । मनाङको चामेनजिकै पहिरोसँगै आएको लेदो तथा बाढीका कारण