२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

नेपालगन्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी, छ वटा खेल सञ्चालन गर्न सकिने



नेपालगन्ज । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज रङ्गशालाको निरीक्षण गरेका छन् । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नेपालगन्जमा सञ्चालन गर्ने गरी गरिएको तयारीका क्रममा उनले आज रङ्गशालाको निरीक्षण गरेका हुन् ।

दशौँ राष्ट्रिय खेलकुदका लागि नेपालगन्जमा उपलब्ध खेल पूर्वाधारको अवस्था र सम्भावित खेलस्थलको निरीक्षण गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव पौडेल नेतृत्वको टोलीले रङ्गशालाको अनुगमन गरेको हो ।

सुर्खेतमा प्रतियोगिताको पूर्वतयारीबारे स्थलगत जानकारी लिएर फर्किने क्रममा सचिव पौडेल, सहसचिव रमेश ढकालसहितको टोलीले नेपालगन्ज रङ्गशालामा रहेका विभिन्न खेल पूर्वाधारको निरीक्षण गरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।

टोलीले रङ्गशालाको मुख्य मैदान, पौडी पोखरी, सुटिङ रेन्ज, कभर्ड हललगायत संरचनाको अवलोकन गरेको थियो । निरीक्षणपछि नेपालगन्जमा दशौँ राष्ट्रिय खेलकुदका करिब छ वटा खेल सञ्चालन गर्न सकिने सम्भावनाबारे छलफल भएको चन्दले बताए ।

निरीक्षणका क्रममा सचिव पौडेलले नेपालगन्ज्मा रहेका खेल पूर्वाधारको प्रयोग र संरक्षणलाई समेत ध्यान दिएर प्रतियोगिताका सञ्चालनको तयारी अघि बढाउनुपर्नेमा जोड दिए । “नेपालगन्जमा उपलब्ध खेल पूर्वाधारको अवस्था बुझेर राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सञ्चालन गर्न आवश्यक तयारी र व्यवस्थापनका विषयमा सम्बन्धित पक्षसँग समन्वय गरेर अघि बढ्नेछौँ”, उनले भने ।

सो अवसरमा कार्यालय प्रमुख चन्दले टोलीलाई नेपालगन्ज रङ्गशालामा रहेका विभिन्न खेलस्थल, पूर्वाधार तथा तिनको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा ठूलो लगानीमा विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ८ : ५६ बजे

भीमफेदी दुर्घटना : गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा । अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही

एनपीएल तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो लुम्बिनी लायन्स

काठमाडौं । कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स

सी चिनफिङको चेतावनी – ‘ताइवानको पृथकतावादी गतिविधिलाई कुनै छुट दिईंदैन

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पूर्ण एकीकरण