१४ आश्विन २०८३, बुधबार | September 30, 2026

प्रधानमन्त्री वालेन्द्र शाहलाई मंसिर ७ र ८ मा भारत भ्रमणको प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने निश्चित भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री शाहसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् । 

स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव गरेको राजदूतावास स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने लगभग निश्चित भइसकेको ती स्रोतको दाबी छ ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका पुगे पनि प्रधानमन्त्रीले त्यसलाई अनौपचारिक विदेश भ्रमण मानेका छन् । सोही कारण उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ नलिएको बताइएको छ ।

‘श्रीवास्तवको पालामा प्रधानमन्त्रीको भ्रमण तय भयो । सम्भवतस् चाँडै भारतबाट नयाँ राजदूत नेपाल आउनेछन् र उहाँ प्रधानमन्त्रीको भ्रमण तयारीमा लाग्नुहुनेछ,’ भारतीय दूतावास स्रोतले भन्यो । राजदूत नयाँ दिल्ली पुगेपछि मंसिर ७ र ८ गतेको मिति प्रस्ताव गर्ने र त्यसलाई भारत सरकारले औपचारिकता दिएपछि दुवै देशका विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताइएको छ ।

रास्वपा सभापति रवि लामिछाने गत असारमा भारतको औपचारिक भ्रमणमा गएका थिए । उनलाई नयाँ दिल्लीले भव्य स्वागत गरेको थियो । त्यसयता भारतले प्रधानमन्त्री शाहलाई भन्दा रविलाई महत्व दिन थालेको छ । त्यसैले गर्दा बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन गोप्य रूपमा नयाँ दिल्ली पुगेको चर्चा चलेको थियो । 

परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई बुधबार स्वदेश फर्किएका खनालले प्रधानमन्त्रीले छिट्टै भारत भ्रमण गर्ने र त्यो भ्रमण परिणामुखी हुने बताएका हुन् । 

उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि दुवै देश सकारात्मक रहेको र तयारी पनि भइरहेको बताए । वर्तमान सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो आएको र दुवै पक्ष उपयुक्त समय तय गर्न लागिपरेको मन्त्री खनालले बताए ।  

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ०० बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

भोटेकोसी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली चयन

काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष

दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा

दोधारा-चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु

महेन्द्रनगर । कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर