१४ आश्विन २०८३, बुधबार | September 30, 2026

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौं । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, सङ्घीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : १७ बजे

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलमा पुलिसको लगातार दोस्रो जित

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति

अझै निकाल्न सकिएन राइनो क्रुज

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र