१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

नेप्सेमा सामान्य सुधार, २६ सय विन्दु नजिक पुगेर बजार बन्द



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ०.२६ अङ्कले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेर बन्द भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०१ प्रतिशतको वृद्धि हो।

बजारमा आज ३५३ वटा कम्पनीका १ करोड २ लाख ६५ हजार ५५५ कित्ता सेयर कारोबार भएका छन्। दिनभरको कारोबार रकम ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ पुगेको छ।

कारोबारमा आएका उपसमूहमध्ये बैंकिङ समूहको परिसूचक ०.३९ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक ०.२२ प्रतिशत, फाइनान्स ०.२० प्रतिशत र हाइड्रोपावर समूह ०.०३ प्रतिशतले उकालो लागेका छन्।

यता नन लाइफ इन्स्योरेन्स समूहको परिसूचक ०.५० प्रतिशतले घटेको छ। अन्य समूह ०.३२ प्रतिशत र म्युचुअल फन्ड ०.२६ प्रतिशतले ओरालो लागेका छन्। इन्भेस्टमेन्ट समूहको परिसूचक भने स्थिर रहेको छ।

आजको कारोबारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १०.८१ प्रतिशतले बढेको छ। त्यसैगरी, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ९.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समग्रमा आज १३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटा कम्पनीको मूल्य घटेको छ। १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ३ : ३६ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभाले बनायो छुट्टै विशेष समिति

काठमाडौं । संयुक्त संसदीय समिति गठनमा सहमति नजुटेपछि राष्ट्रियसभाको आफ्नै

प्रतिनिधिसभा : तीन विधेयक दफाबार छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विषयसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका

आङ्देम्बेको प्रधानमन्त्रीलाई प्रश्न – बहुमत छ, शासन गर्ने कौशल पनि देखाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

नेप्सेमा सामान्य सुधार, २६ सय विन्दु नजिक पुगेर बजार बन्द

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८