१७ आश्विन २०८३, शनिबार | October 3, 2026

नेपाली कांग्रेसमा नेता व्यवस्थापनका लागि पदाधिकारी बढाउने तयारी 



काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनको पूर्वसन्ध्यामा आन्तरिक नेता व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ केन्द्रीय पदाधिकारीको सङ्ख्या वृद्धि गर्ने गृहकार्य सुरु गरेको छ। विधान संशोधन मस्यौदा समितिमा पार्टीको पदाधिकारी संरचना विस्तार गर्नेबारे छलफल चलिरहेको एक पदाधिकारीले जानकारी दिएका छन्।

हाल कांग्रेसको मौजुदा विधानअनुसार केन्द्रीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ। नयाँ प्रस्तावमा विशेष गरी महिला र युवा वर्गलाई नेतृत्व तहमा थप अवसर र स्थान दिने गरी उपसभापति र सहमहामन्त्रीको सङ्ख्या बढाउने विषयमा घनिभूत परामर्श भइरहेको छ।

प्रस्तावित खाकाअनुसार पार्टीमा १ देखि २ जना उपसभापति थप्ने तयारी छ। थपिने उपसभापतिमध्ये कम्तीमा एक पद महिलाका लागि अनिवार्य सुनिश्चित गरिने बताइएको छ। त्यसैगरी, तीन जना नयाँ सहमहामन्त्री थप्नेसमेत प्रस्ताव गरिएको छ। जसमा १ जना खुलातर्फबाट, १ जना ३५ वर्षमुनिका युवाबाट र १ जना विशेष विज्ञका रूपमा ‘ल्याटरल इन्ट्री’मार्फत ल्याउने गरी छलफल अघि बढाइएको छ।

नेपाली कांग्रेसमा हाल विभिन्न आठ क्लस्टरबाट ८ जना सहमहामन्त्री निर्वाचित हुने वैधानिक व्यवस्था छ। यसअघि विशेष महाधिवेशनमार्फत ३ जना सहमहामन्त्री मनोनयन गर्ने व्यवस्था थपिएपछि यो सङ्ख्या ११ पुगेको थियो। विधान संशोधनको नयाँ प्रस्ताव पारित भएमा कांग्रेसमा सहमहामन्त्रीको कुल सङ्ख्या १४ पुग्नेछ।

पदाधिकारीको सङ्ख्या थप्ने विषयमा मस्यौदा समितिमा अन्तिम चरणको छलफल जारी छ। मस्यौदा समितिले तयार पारेको उक्त प्रस्ताव पहिले केन्द्रीय कार्यसमितिमा पेस हुनेछ। केन्द्रीय कार्यसमितिले स्वीकृत गरेपछि अन्तिम निर्णय र अनुमोदनका लागि आगामी महाधिवेशनमा प्रस्तुत गरिनेछ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ३ : २५ बजे

भूगर्भविद्को टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

म्याग्दी । भूगर्भविद्हरूको टोलीले शनिबारदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कुष्ठरोग निवारणलाई प्राथमिकतामा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार

बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

म्याग्दी । गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन