२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

माछापुच्छ्रे बैंक प्रतिष्ठित दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत



काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा Platinum Award प्राप्त गरेको छ । बैकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘Reinventing Customer Onboarding’ मा गरेको पहल कदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

Infosys Finacle Innovation Awards बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरु मध्येबाट पुरस्कारहरु छनौट गरिएका हुन् ।

उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकता क्रममा राखेका प्रतिबिम्बित भएको बैंकले जनाएको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।

यसैगरी, बैंकले अन्तर्राष्ट्रिय सम्मान स्वरूप Best Performance on Risk Management’ नाममा अर्को पुरस्कार प्राप्त गरेको छ । Indian Chamber of Commerce द्वारा नयाँदिल्लीमा आयोजित ‘Fourth Emerging Asia Banking Conclave and Awards 2026’ मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कार बैंकले कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा गरेको प्रयासको सम्मान स्वरूप प्रदान गरिएको बैंकको दाबी छ । बैंकका अनुसार यस सम्मानबाट बैंकले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको देखाएको छ ।

यी दुई अन्तर्राष्ट्रिय सम्मानसँगै बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्तगर्दै आएको छ । बैंकले Visa Leadership Conclave Award 2023 र 2024, Infosys Finacle Innovation Award 2023 र 2025, तथा tyfRising Star in Asset Quality Award 2025लगायत विगत वर्षहरुमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  २ : ०१ बजे

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

वर्षा रोकियो, डर रोकिएन

पाल्पा । यही असोज ९ गते रातको करिब १ः०० बजेको

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय