२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध घूस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाउने कार्यका लागि वलीले सेवाग्राहीलाई दुःख, हैरानी तथा सास्ती दिई घूस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा आयोगको टङ्गालबाट खटिएको टोलीले नापी अधिकृत वलीलाई घूस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

घटनाबारे थप अनुसन्धान गर्दा वलीले सेवाग्राहीसँग रु १० लाख घूस माग गरी लिएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै रु १० लाख बिगो कायम गरेको छ ।

उक्त बिगोबमोजिम जरिवाना तथा सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायको मागदाबी गर्दै आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १० : २३ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि