काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ३ हजार ७५४ जनाले मतदान गरेका हुन्। विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ।
प्रदेशगत विवरणअनुसार कोशीमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९० र लुम्बिनीमा १ हजार ७९ मध्ये ५७९ जनाले मतदान गरेका छन्।
त्यस्तै, बागमतीमा १ हजार ४९१ प्रतिनिधिमध्ये ७३२ र गण्डकीमा ७८७ मध्ये ५०७ जनाले मतदान गरेका छन्। सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फका २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।
प्रतिनिधिहरूको लामो लाइन रहेकाले निर्वाचन समितिले मतदानको समय थप गरेको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो।
निर्वाचन समितिका अनुसार मतदान निर्वाध रूपमा जारी छ।
















प्रतिक्रिया