२८ आश्विन २०८३, बुधबार | October 14, 2026

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा



कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का नेता वीरबहादुर थापाले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।

पूर्वमन्त्रीसमेत रहेका थापाले मंगलबार प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। यद्यपि, उनको राजीनामा हालसम्म स्वीकृत भएको छैन।

प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले प्रदेशसभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएपछि राजीनामा दिएका हुन्। मंगलबार प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा आफ्ना धारणा राख्न चाहेका उनले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग बोल्ने समय माग गरेका थिए। तर, रावलले उनलाई बोल्न समय उपलब्ध गराउन तयार नभएको बताइएको छ।

बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा दिएपछि एमालेभित्रको आन्तरिक असन्तुष्टिसमेत चर्चामा आएको छ। उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ।

थापा यसअघि लामो समय सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा कार्यरत थिए।

प्रदेशसभाबाट बजेट पारित भएसँगै बजेटप्रति असन्तुष्ट सांसदले राजीनामा दिएपछि सुदूरपश्चिमको राजनीतिक वृत्तमा यसले चर्चा पाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १० : ४२ बजे

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

रसुवा । रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ । बेत्रावतीस्थित

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, जनजाति क्लस्टरमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा बहादुरसिंह लामा विजयी भएका