१ कार्तिक २०८३, आइतबार | October 19, 2026

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता



विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि.ले सी.जी. ग्रुपद्वारा प्रवद्र्वित, युनाईटेड रेमिट संग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक लि.ले यु.के., जापान,दक्षिण कोरिया लगायतविश्वको जुनसुकै देशबाट मनीग्राम, टिएमएल रेमिट्यान्स मार्फत नेपालमा रकम पठाउन सहजहोस् भन्ने लक्ष्यका साथ युनाईटेड रेमिट संग सहकार्य गरि विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको हो ।

उक्त सम्झौता पछि बिभिन्न देशमा रहेका युनाईटेड रेमिटको प्रतिनिधी कार्यालयहरुबाट नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १५६ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र तथा एक्सटेन्सन काउण्टर मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिने बै.कले जनाएको छ ।

आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा युनाईटेड रेमिटको तर्फबाट सहायक महाप्रबन्धक सुदन सिं सिलवाल र माछापुच्छ्रे बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका हुन् ।

बैंकका अनुसार स्थापनाकालदेखि नै नयाँप्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम तथा हिमाल देखि पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखा रहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जालतबाट तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाखभन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १० : ३६ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ