बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ । टीकाको दिन टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुग्न नसकेकाहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्न जाने परम्परा छ ।
टीकाको दोस्रो दिन बिहीबार बिहानैदेखि आफन्त तथा मान्यजनकहाँ टीका लगाउन जाने र आउनेहरूको चहलपहल बढेको छ । दसैँको अवसरमा परिवार तथा आफन्तजनबीच भेटघाट गर्दै आशीर्वाद लिने क्रम जारी छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउन सकिन्छ ।
कोजाग्रत पूर्णिमाको राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ पर्व समापन हुने धार्मिक परम्परा छ ।


















प्रतिक्रिया