१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो



काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से र कारोबार दुवै ६ महिनायताकै वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.४१ अंक, फ्लोट इण्डेक्स २।२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक, बैंकिङ र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार सात अर्ब ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज आठ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरको दुई करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज पनि घलेम्दी हाइड्रो कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको करिब साढे २५ करोड र लक्ष्मी सनराइज बैंकको कारोबार २४ करोड रुपैयाँ नाघेको छ।

बिहीबार बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ८० रुपैयाँ ५० पैसा बढेर ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ३ : ४८ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको