३ भदौ २०८३, बुधबार | August 19, 2026

मन्दिरको भेटी रकमबाट गलेश्वर बजारमा सिसीटिभी क्यामेरा जडान



म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा जडान गरिएको सिसीटिभीको आज प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गरे । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर बजारको सुरक्षाका लागि सिसीटिभी राखिएको जानकारी दिए ।

“रु दुई लाख ५१ हजार खर्चेर गलेश्वर बजार प्रवेशद्धारबाट राहुघाट पुलसम्म छ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेर गलेश्वर प्रहरी चौकीबाट निगरानी गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “कोषले मन्दिरको भेटी र अन्न क्षेत्रले दाताको सहयोग जुटाएर कुल लागतको आधा–आधा लगानी गरेका हौँ ।”

कोषले गत वर्ष रु दुई लाख ३० हजार सात सय ५० खर्च गरेर गलेश्वर बजारमा ५५ सडकबत्ती जडान गरेको थियो । सडकबत्ती जडान गरेपछि बजारको सुरक्षाका लागि सिसीटिभी जडान गरिएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

सिसीटिभी र सडकबत्तीले स्थानीय, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई सुरक्षित तथा सहज बनाएको छ । सिसीटिभी मर्मत र सडकबत्तीको विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्ने कोषले जनाएको छ ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएका छन् ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्धारका रूपमा चिनिन्छ । साउनको सोमबार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २७ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं ।वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका