काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशभर आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्लाका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि महाशाखाले जारी गर्ने नियमित पूर्वानुमान हेर्न अनुरोध गरिएको छ ।
















प्रतिक्रिया