१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

पाउद्वार-खोप्रा पदमार्ग श्रमदानबाट मर्मत



म्याग्दी । गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार गाउँदेखि खोप्रा ९खोपारा० जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार-खोप्रा-खयर पदमार्गको पाउद्वार-हिलडाँडा-लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनले पदमार्ग मर्मत गरी सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए ।

“श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ मार्ग बनाएर पदमार्ग सञ्चालन गरिएको हो,” उनले भने, “दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोले क्षति पु¥याएको पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा छौँ ।”

पाउद्वारका बासिन्दा प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको बताए । पाउद्वार–खोप्रा पदमार्ग सञ्चालन भएपछि पर्यटकका साथै स्थानीयवासीलाई घाँसदाउरा र गोठ जान आउन सहज भएको बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको खोप्रा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकनका लागि उपयुक्त छ ।

अर्नब चक्रवातका कारण पछिल्लो एक/दुई दिनयता पर्यटक आगमन प्रभावित भए पनि खोप्रामा पर्यटक आगमन पुरानै लयमा फर्किएका खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताए । खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ ।

घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क, नारच्याङ लेकगाउँ हुँदै खोप्रा लेक पुग्ने पर्यटकहरु समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा जाने गर्दछन् ।

पहिरोले सडक अवरुद्ध बनाएको र गाउँ वरपर घेरिए पनि खोप्रालगायत पर्यटकीय स्थलहरु सुरक्षित भएकाले सहज रुपमा भ्रमण गर्न सकिने हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताए । असोज-कात्तिक र चैत-वैशाख खोप्रा-खयर पदमार्गको मुख्य याम हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ८ : ३२ बजे

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने प्रधानमन्त्री शाहको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार

डोल्पा । भारी हिमपातका कारण डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा

मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड

महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनशनमा

चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

नारायणगढ । जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य