काठमाडौं । बिहान ९ बजेदेखि ५ बजेसम्म सेवा दिइरहेका सरकारी कार्यालयहरु आज (कात्तिक १६ गते)देखि तीन महिनासम्म दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ।
सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका हुन्।
शुक्रबारसम्म सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो। हिउँदमा ५ बज्दा झमक्कै साँझ पर्ने भएकाले कार्यालय समय एक घन्टा कम गर्न लागिएको गृहमनत्रालयले जनाएको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय साताको ५ दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ।
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ।
यद्देपी सरकारको यो पछिल्लो निर्णयलाई निजी क्षेत्रका बैंक तथा बित्तिय संस्था र शैक्षिक संस्थाहरुले कार्यान्वयन नगर्ने भएका छन् । शैक्षिक संस्था र निजी लगानीका बित्तिय संस्था र बैंकहरु भने पूर्ववत ९ बजेदेखि ५ बजेसम्म नै संचालन हुने जनाइएको छ ।
















प्रतिक्रिया