१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने



काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा प्रवाह नरोक्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

विभागले सोमबार सूचना जारी गर्दै राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायतका सेवा प्राप्त गर्न समस्या नहुने स्पष्ट पारेको हो।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा विवरण दर्ता र राष्ट्रिय परिचय नम्बर जारी गर्ने काम नियमित भइरहेको छ। तर, विवरण प्रमाणीकरणका लागि प्रयोग हुने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमता सीमित हुँदा केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो।

विशेषगरी २०८३ असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकमा यस्तो समस्या देखिएको विभागले जनाएको छ।

विभागका अनुसार बायोमेट्रिक प्रणालीको क्षमता विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ। आगामी दुई साताभित्र काम सम्पन्न गरी प्रमाणीकरण सेवा नियमित गर्ने अपेक्षा गरिएको छ।

विभागले सम्बन्धित सेवाप्रदायक निकायसँग आवश्यक समन्वयसमेत गरिसकेको जनाएको छ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीलाई समस्या भएको गुनासो आएको थियो।

विभागले प्राविधिक समस्याकै कारण कुनै पनि नागरिक सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नहुने स्पष्ट पार्दै सम्बन्धित निकायलाई सेवा प्रवाह सहज बनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : २१ बजे

राशिद र करणको विस्फोटक ब्याटिङमा कर्णाली विरुद्ध काठमाण्डुको जित

काठमाडौं । राशिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा

सशस्त्र प्रहरीबाट ७ महिनाको अवधिमा १ अर्ब ३३ करोड बढीको अबैध सामाग्री बरामद

काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालक पर्वतका सुमन अधिकारीको मृत्यु

काठमाडौं । काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक