१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस



प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय

काठमाडौं । सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपाल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित केही कानुन संशोधन गर्ने गरी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिए।

सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को निर्णयपछि दुवै अध्यादेश अब राष्ट्रपतिसमक्ष पेस हुनेछन्। राष्ट्रपतिबाट जारी भएपछि ती अध्यादेशले कानुनी मान्यता प्राप्त गर्नेछन्।

सरकारले दुईवटा अध्यादेशमार्फत सम्बन्धित कानुनी व्यवस्थामा संशोधन तथा आवश्यक परिमार्जन गर्न खोजेको भए पनि संशोधनका विस्तृत विषय भने सार्वजनिक विवरणमा खुलाइएको छैन।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ५ : ०६ बजे

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ मा जेलमुक्त हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल

अन्तिम बलमा रसेलको कमाल, विराटनगरसँग २ रनले जनकपुर स्तब्ध

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगर किंग्सले नेपाल प्रिमियर

६.६२ अंकले बढ्यो नेप्से, पाँच अर्ब ६५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज