२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका बताएका छन ।

तिहार, नेपाल संवत्, छठ एवम् विविध सांस्कृतिक पर्वका अवसरमा आज शुभकामना दिँदै उनले पर्व मनाउने क्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा वातावरणमैत्री, मर्यादित र मितव्ययी अभ्यासलाई प्रोत्साहन गर्न आमनागरिकमा अपिल गरेका छन ।

नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्व अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताएका छन ।

प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पर्व भएको जनाउँदै उनले काग, कुकुर, गाई र गोरूलाई पुज्नेदेखि भाइटीकाका माध्यमबाट विभिन्न प्राणीप्रति सम्मान, कृतज्ञता, प्रेम र पारिवारिक सम्बन्धको महत्त्वलाई यस पर्वले आत्मसात् गरेको बताएका छन ।

दीपावलीले अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने भन्दै उनले देउसीभैलो, दीप प्रज्वलन र आपसी सद्भावले हाम्रो सामाजिक तथा सांस्कृतिक एकतालाई थप बलियो बनाउने उल्लेख गरेका छन ।

अध्यक्ष दाहालले तिहार, नेपाल संवत् र छठ पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ७ : ४४ बजे

नेपाल संवत् र म्हः पूजाले मौलिक पहिचान जोगाउँछन् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना),

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, दुवै टोलीलाई जितको दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको