२८ कार्तिक २०८३, शनिबार | November 14, 2026

लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने अवसर, विराटनगरलाई प्लेअफको दबाब



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेलबाट ९ अंक जोडेको छ । उसले चार खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । काठमान्डु गोर्खाजसँग पराजित भएको लुम्बिनीले वर्षाका कारण चितवन राइनोजसँगको खेलबाट भने एक अंक बाँडेको थियो ।

यता अंक तालिकाको पाँचौं स्थानमा रहेको विराटनगरका लागि आजको खेल प्लेअफ यात्राका दृष्टिले महत्त्वपूर्ण हुनेछ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगर आज जितको खोजीमा मैदानमा उत्रनेछ ।

विराटनगरले अहिलेसम्म खेलेका ६ खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको छ । उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने काठमान्डु गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको थियो ।

आजको खेलमा जित निकाल्दै विराटनगर प्लेअफ सम्भावना थप बलियो बनाउने योजनामा हुनेछ भने लुम्बिनीको लक्ष्य शीर्ष स्थानमा पुग्ने हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ९ : १० बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले