८ मंसिर २०८३, मंगलबार | November 25, 2026

जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग



झापा । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन् ।

हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर-४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् ।

मानव-हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताए ।

उनका अनुसार भारतबाट दैनिक करिब १०० को सङ्ख्यामा आउने हात्तीको बथानलाई स्थानीयले रातभर गस्ती गरेर मेची बगरमै रोक्ने प्रयास गरिरहेका छन् । “बाहुनडाँगीको विभिन्न गौडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्याइरहेको छ,” उप्रेतीले भने ।

मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीहरू गाउँबस्तीतिर सोझिन थालेको उल्लेख गर्दै पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा लगाउनुपर्नेमा राज्यले जोड दिनुपर्ने बताए । धानबाली पाक्ने समयमा हुल बाँधेर आउने हात्तीलाई सीमामै रोक्न पछिल्लो समय समितिले ट्याक्टरको प्रयोग गरिरहेको छ । स्थानीय राजु दाहालले ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले बाली भित्र्याउने याममा हरेक गौंडामा कम्तीमा दुईवटा ट्याक्टर परिचालन गर्न सुझाव दिए ।

हात्ती नियन्त्रण गर्न परिचालित स्वयम्सेवी युवा समूह (आरआरटी)का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत लैजान सकिने भएकाले हात्ती धपाउन ट्याक्टर निकै प्रभावकारी देखिएको बताए ।

स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच साझा दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको बताए ।

स्थानीयको मागबमोजिम नयाँ योजनाका साथ काम अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले सीमा क्षेत्रमै हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ९ : ३९ बजे

Your email address will not be published.

६० जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११

दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस