२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

सरकारलाई आगामी नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गर्दै सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताएका हुन् । उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन पार्टीको संगठनात्मक संरचना थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

सरकारविरुद्धको आन्दोलनमा आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग समेत सहकार्य गरेर अघि बढ्ने एमालेको रणनीति रहेको उनले बताए ।

‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको, सहकारी ठगीलगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन,’ बस्नेतले भने ।

उनले सरकारका कथित अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम नागरिकमाझ पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आरोप पनि उनले लगाए ।

बस्नेतले एमालेले अन्य राजनीतिक दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित बनाउने बताए । त्यसका लागि पार्टीको संगठनात्मक संरचना र स्थानीय कमिटीहरूलाई थप मजबुत बनाउनुपर्ने उनको भनाइ छ ।

उनले आगामी स्थानीय तह र प्रदेश तहका निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै संगठन निर्माण र चुनावी तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।

आगामी निर्वाचनमा एमाले पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित हुने लक्ष्यसहित पार्टी अघि बढ्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ३ : ३२ बजे

Your email address will not be published.

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र

रास्वपा प्रवक्ता खरेल भन्छन् – प्रधानमन्त्रीका कदममा पार्टीको पूर्ण समर्थन छ

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं

तिहारको अवधिमा सुनको भाउ तोलामा १४ हजार बढीले घट्यो, चाँदी पनि ओरालोमा

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा

चीन भ्रमणमा निस्कियो रास्वपाको २० सदस्यीय टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

अन्ताल्या । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले