२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

इजाजत नभएका बन्दुक बरामद



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार थान भरुवा बन्दुक बरामद गरिएको छ । देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको हो ।

बरामद भएका बन्दुकलाई बेनी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । उनका अनुसार वन्यजन्तुको अवैध चोरीशिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत खोजी गरी बन्दुक बरामद गरिएको हो । गत मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १६५ थान इजाजत नभएका बन्दुक बरामद भएको छ ।

ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकारीका साथै आपसी विवाद र झैझगडामा समेत प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयवासीको सूचना तथा सहयोगमा जङ्गल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर, गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको उनले जानकारी दिए ।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । अवैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ९ : ३८ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी