३० कार्तिक २०८३, सोमबार | November 16, 2026

सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि



बेइजिङ । चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ । तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख छ । यद्यपि बैठकमा छलफल हुने विषय र कार्यसूचीबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

यो उच्चस्तरीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा हुन लागेको एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिखर सम्मेलनसँग पनि जोडिएको छ । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सिसिपिआइटी) ले आइतबार दिएको जानकारीअनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुनेछन् ।

सिन्ह्वाका अनुसार सिसिपिआइटीका उपाध्यक्ष ली छिङ्सुआङले पत्रकार सम्मेलनमा अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र आयोजक चीनका प्रतिनिधिहरूले सम्मेलनका विभिन्न सत्रमा सम्बोधन गर्ने वा सहभागिता जनाउने जानकारी दिएको थियो ।

राजनीतिक नेतृत्वसँगै सम्मेलनमा विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहनेछ । फच्र्युन ग्लोबल ५०० सूचीमा रहेका ११५ कम्पनीका कार्यकारीहरू सम्मेलनमा सहभागी हुनेछन् । लीका अनुसार मुख्य भूमि चीनबाहिरका मुलुक तथा क्षेत्रबाट आउने प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सहभागिता सबैभन्दा ठूलो हुनेछ । सम्मेलनमा सहभागी कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी हुनेछन् ।

सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक सङ्घका नेताहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन् । ‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने यस मञ्चले एपेकका आर्थिक नेताहरूको बैठकका क्रममा सरकारी नीति र निजी क्षेत्रका व्यावसायिक प्राथमिकताबीच समन्वय बढाउने अपेक्षा गरिएको छ ।

सम्मेलनका छलफलमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारिक प्रक्रियालाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रका क्षेत्रमा संयुक्त लगानी र सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहनेछन् ।

यसैबीच, आगामी नेताहरूको शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ मा शेन्जेनमा सुरु भएको थियो । परिषद्ले निजी क्षेत्रका सुझावलाई समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : २८ बजे

Your email address will not be published.

रास्वपा सभापति लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि

बेइजिङ । चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

सिन्धुपाल्चोक । हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक

धनगढीबाट काठमाडौं आउँदै गरेको बस कावासोतीमा दुर्घटना, २५ जना घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-११, लोकाहास्थित