३० कार्तिक २०८३, सोमबार | November 16, 2026

विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, नेपालका गभर्नर विश्वनाथ पौडेलले पाए ‘बी’ ग्रेड



काठमाडौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई ‘बी’ ग्रेड दिएको छ।

ग्लोबल फाइनान्सले सार्वजनिक गरेको ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड्स २०२६’ मा विश्वका १०५ केन्द्रीय बैंक तथा मौद्रिक क्षेत्रका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको छ ।

ग्लोबल फाइनान्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको बाह्य आर्थिक क्षेत्रको सुधार, विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धि तथा मुद्रास्फीति नियन्त्रणलाई सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्रमा अपेक्षित कर्जा विस्तार हुन नसक्नुलाई प्रमुख कमजोरीका रूपमा औँल्याइएको छ।

सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको कार्यसम्पादनका आधारमा मूल्यांकन गरिएको हो।

ग्लोबल फाइनान्सले मौद्रिक नीतिको प्रभावकारिता, मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्रको नियमन तथा केन्द्रीय बैंकको स्वतन्त्रतालगायतका विषयलाई मूल्यांकनको आधार बनाएको छ।

विदेशी मुद्रा सञ्चितिले जोगायो नेपालको साख

ग्लोबल फाइनान्सका अनुसार गभर्नर पौडेलको नेतृत्वमा नेपालको बाह्य आर्थिक स्थायित्व उल्लेख्य रूपमा सुदृढ भएको छ। सन् २०२५ मेमा नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हालेका पौडेलको प्रारम्भिक कार्यकालमा विदेशी मुद्रा सञ्चितिले नयाँ उचाइ कायम गरेको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण सन् २०२६ जुनसम्म नेपालको विदेशी मुद्रा सञ्चिति २४ अर्ब अमेरिकी डलर नाघेको थियो। यो सञ्चितिले करिब १९ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता प्रदान गरेको प्रतिवेदनमा जनाइएको छ।

त्यस्तै, पौडेलको कार्यकालको सुरुवाती चरणमा मुद्रास्फीति १ देखि १।५ प्रतिशतसम्म झरेको थियो। पछि करिब ५ प्रतिशत पुगे पनि निर्धारित लक्ष्यभित्रै रहेको ग्लोबल फाइनान्सको विश्लेषण छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ४ : ३६ बजे

Your email address will not be published.

विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, नेपालका गभर्नर विश्वनाथ पौडेलले पाए ‘बी’ ग्रेड

काठमाडौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय

प्रस्तावित यौनहिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौनहिंसासम्बन्धी तयार

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार

बझाङमा अटो दुर्घटना : चार जनाको मृत्यु, एक बालक सकुशल

काठमाडौं । बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा