२ मंसिर २०८३, बुधबार | November 18, 2026

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा बदली र हिमपातको सम्भावना



काठमाडौं । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको छ ।

तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भूभागको मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सफा रहने अनुमान छ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ७ : ४७ बजे

Your email address will not be published.

एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटरमा काठमाडौं

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

बाँके । हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा बदली र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण