२ मंसिर २०८३, बुधबार | November 18, 2026

सबै आय विवरण मासिक पेश गर्न इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन



काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न अनुरोध गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई उक्त निर्देशन भएको हो । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत आर्थिक वर्ष २०८२÷८३ र चालू आर्थिक वर्ष २०८३÷८४ को असोज मसान्तसम्म नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित विवरण माग गरेको हो ।

आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा ९५० मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार प्राधिकरणले सेवा प्रदायकबाट दस्तुर दाखिलासम्बन्धी विवरण माग गरेको प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिए ।

प्राधिकरणले सेवा प्रदायकलाई मासिक रूपमा इन्टरनेट बिक्रीबापत प्राप्त आय, मर्मत सम्भारबापतको आय, उपकरण बिक्रीबापतको आय र अन्य आयको छुट्टाछुट्टै विवरण पेस गर्न भनेको छ ।

त्यसैगरी, ती सबै शीर्षकको कुल आय, दाखिला गरिएको दूरसञ्चार सेवा दस्तुरको रकम र दाखिला गरेको मितिसमेत खुलाउनुपर्नेछ । तोकिएको समयभन्दा ढिलो गरी दस्तुर दाखिला गरेको भए त्यसबापत बुझाइएको ब्याजको रकमसमेत विवरणमा उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

साथै, प्राधिकरणले सेवा प्रदायकलाई प्रत्येक महिनाको आय तथा त्यसमा लाग्ने दूरसञ्चार सेवा दस्तुर दाखिला भए वा नभएको अवस्था स्पष्ट हुनेगरी विवरण उपलब्ध गराउन भनेको छ । यसबाट सेवा प्रदायकले प्राप्त गरेको आय, सरकारलाई दाखिला गर्नुपर्ने दस्तुर र वास्तविक रूपमा दाखिला भएको रकमबीचको अवस्था परीक्षण गर्न सकिनेछ ।

आर्थिक ऐन, २०८३ को दफा ८ अनुसार टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १० प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुल गर्नुपर्ने व्यवस्था छ ।

यद्यपि, दूरसञ्चार सेवा उपलब्ध गराउने अनुमतिप्राप्त निकायबीच एकले अर्कोको नेटवर्क प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क अर्थात् इन्टरकनेक्सन चार्जमा यस्तो दस्तुर लाग्ने छैन । त्यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मतसम्भार शुल्कमा पनि दूरसञ्चार सेवा दस्तुर नलाग्ने व्यवस्था ऐनमा छ ।

आर्थिक ऐनको उपदफा (३) अनुसार सेवा प्रदायकले ग्राहकबाट असुल गरेको दूरसञ्चार सेवा दस्तुर अर्को महिनाको २५ गतेभित्र नेपाल सरकारको राजस्व खातामा दाखिला गरिसक्नुपर्नेछ । तोकिएको अवधिभित्र दस्तुर दाखिला नगरेमा सम्बन्धित व्यक्ति वा संस्थाबाट बाँकी रकममा मासिक पाँच प्रतिशतका दरले ब्याज लगाई असुल गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

दूरसञ्चार सेवा दस्तुरसम्बन्धी व्यवस्थाको कार्यान्वयन तथा प्रशासनिक प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले प्राधिकरणले सेवा प्रदायकसँग आय र राजस्व दाखिलाको विस्तृत विवरण माग गरेको हो ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : २१ बजे

Your email address will not be published.

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको

राष्ट्रपतिद्वारा फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो

गृहमन्त्री सुधन गुरुङकी आमा दाबी गरिएको भिडियो पोस्ट गर्ने बोगटी प्रहरी नियन्त्रणमा

भक्तपुर । गृहमन्त्री सुधन गुरुङकी आमा भएको दाबी गर्दै एक

सबै आय विवरण मासिक पेश गर्न इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक