२ मंसिर २०८३, बुधबार | November 18, 2026

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला



गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुइँतलामा रहेको कोठामा अचेत अवस्थामा फेला परेका थिए ।

मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि केसी कोठाबाट बाहिर ननिस्किएपछि सहकर्मीहरूले ढोका ढकढक्याएका थिए । भित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द रहेको अवस्थामा झ्यालको लक तोडेर कोठाभित्र प्रवेश गर्दा उनी ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए ।

त्यसपछि उनलाई तत्काल जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो । तर, चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए ।

घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणसम्बन्धी प्रक्रिया पूरा गरेपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : ४४ बजे

Your email address will not be published.

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

काठमाडौ । महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको

राष्ट्रपतिद्वारा फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो