३ मंसिर २०८३, बिहिबार | November 19, 2026

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पठाएको पत्रमा एन्फाले ५ अप्रिल २०२६ मा पत्रमार्फत गरेको अनुरोध र यसअघि राखेपले जारी गरेका विभिन्न पत्रलाई आधार मानेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ ।

राखेपले यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, फिफा र एसियाली फुटबल महासंघलाई समेत गराएको छ ।

राखेपको निलम्बन र प्रतिबन्धका साथै एएफसीको निलम्बनका कारण नेपालले साफ प्रतियोगिता गुमाएको थियो । नेपालमाथिको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री सस्मित पोखरेलसहितको टोली हाल थाइल्यान्ड पुगेको छ । एन्फाका अध्यक्षा पंकजविक्रम नेम्वाङसमेत उतै छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १२ : ०४ बजे

Your email address will not be published.

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम

पार्टीभित्र नेता कार्यकर्ताको योगदान र क्षमताको यथोचित मूल्याङ्कन हुनुपर्छ : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले पार्टीभित्र नयाँ

सुनको मूल्यमा निरन्तर गिरावट, पाँच दिनमै तोलामा २६ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौँ, ३ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट

संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा

गण्डकी । राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा