३ मंसिर २०८३, बिहिबार | November 19, 2026

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग एपेक शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरेकाथिए । उनले पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताउका थिए ।

ट्रम्पले सी र पुटिनसँग तीनै देशको साझा हित तथा अन्तर्राष्ट्रिय अवसरबारे छलफल गर्न प्रस्तावित त्रिपक्षीय बैठकको प्रतीक्षा गरिरहेको बताएका थिए। उनले यसलाई ऐतिहासिक अवसरको संज्ञासमेत दिएका थिए ।

तीन नेताबीच आणविक हतियार नियन्त्रण, इरानसँग जारी द्वन्द्व, विश्व व्यापार तथा रुस–युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि सी र पुटिनबीच पनि सेन्जेनमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा दुवै नेताले चीन–रुस सम्बन्धको सुदृढीकरण र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका थिए । सीले दुई देशबीचको सम्बन्धलाई प्रतिकूल परिस्थितिमा पनि पहाडझैँ अडिग रहेको बताएका थिए भने पुटिनले चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद आपसी राजनीतिक सहकार्य रचनात्मक रहेको उल्लेख गरेका थिए ।

प्रस्तावित त्रिपक्षीय छलफल अमेरिका र रुसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धि समाप्त भएपछि अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको विषयले पुनः महत्त्व पाएका बेला हुन लागेको हो । अमेरिकाले चीनलाई पनि व्यापक आणविक हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ । तर चीनले अमेरिका र रुससँग तुलनात्मक रूपमा निकै ठूलो आणविक हतियार भण्डार रहेको भन्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १२ : ३३ बजे

Your email address will not be published.

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम

पार्टीभित्र नेता कार्यकर्ताको योगदान र क्षमताको यथोचित मूल्याङ्कन हुनुपर्छ : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले पार्टीभित्र नयाँ

सुनको मूल्यमा निरन्तर गिरावट, पाँच दिनमै तोलामा २६ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौँ, ३ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट