३ मंसिर २०८३, बिहिबार | November 19, 2026

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान ९आइएफए०द्वारा बिहीबार काठमाडौंमा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशास् नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनारको उद्घाटन समारोहमा उनले प्रभावकारी कूटनीतिको सुरुवात आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नबाट हुने बताए ।

नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए । हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षालाई बुझ्नसक्ने कूटनीतिज्ञ आवश्यक रहेको मन्त्री खनालको भनाइ छ ।

उनले प्रमाणमा आधारित विश्लेषण र समस्या समाधान गर्ने आलोचनात्मक सोच, सङ्कटअनुसार तत्काल अनुकूल हुनसक्ने क्षमता, विभिन्न संस्कृति र समुदायका सरोकार बुझ्ने सहानुभूति, विभिन्न क्षेत्र र संस्थाबीच सहकार्य गर्नसक्ने क्षमता तथा जीवनभर सिकिरहने स्वाध्याय कूटनीतिका लागि आवश्यक रहेको उल्लेख गरे ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उल्लेख गर्दै मन्त्री खनालले अंग्रेजी, चिनियाँ र अरबीजस्ता विश्व भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न युवा कूटनीतिज्ञलाई आग्रह गरे ।

भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर पनि नेपालको कूटनीतिक समुदायको अभिन्न अङ्गका रूपमा सक्रिय योगदान गर्न उनले आह्वान गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ४४ बजे

Your email address will not be published.

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

काठमाडौं । सरकारले मासुको स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय

गोरुसिंगे-चन्द्रौटा सडक ६ लेनमा विस्तार हुने, ४ अर्ब ५६ करोडको ठेक्का सम्झौता

काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत कपिलवस्तुको

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि