३ मंसिर २०८३, बिहिबार | November 19, 2026

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत



काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) छ दशमलव ३७ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति रु ४१ खर्ब १४ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड डलर रहेको छ । उक्त सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति रु तीन खर्ब तीन अर्ब ७९ करोड बचतमा रहेको छ । यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै विप्रेषण आप्रवाह रु दुई खर्ब ६७ अर्ब ३४ करोड रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको कुल खर्च रु तीन खर्ब ९६ अर्ब २७ करोड रहेको छ भने राजस्व परिचालन रु दुई खर्ब ९८ अर्ब ६१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, विस्तृत मुद्राप्रदाय चार दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन दुई दशमलव आठ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव सात प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर आठ दशमलव तीन प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत रहेको छ भने ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर एक दशमलव ०१ प्रतिशत रहेको छ ।

त्यसैगरी, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर छ दशमलव ३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : २० बजे

Your email address will not be published.

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन

मालानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन

एमालेको राष्ट्रिय भेला सम्पन्न : २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको

लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठ रोगको जोखिममा

नेपालगन्ज । लुम्बिनी प्रदेशको १० जिल्ला कुष्ठ रोगको जोखिममा रहेको