३ मंसिर २०८३, बिहिबार | November 19, 2026

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा



काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवनलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा फाइनल पुग्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मालानको अविजित ७१ रनको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । जवाफमा १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो ।

सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके नायक बने । उनले अविजित ५३ रन बनाउनुका साथै बलिङमा दुई विकेटसमेत लिए । रत्नायकेले ४२ बलको सामना गर्दै ७ चौका प्रहार गरे । उनले नै विजयी चौका प्रहार गर्दै टोलीलाई फाइनल पुर्‍याए ।

सुदूरपश्चिमका लागि आक्रामक सुरुवात गरेका ओपनर विनोद भण्डारीले १३ बलमा एक चौका र दुई छक्काको मद्दतमा २३ रन बनाए । पहिलो विकेटका लागि विनोदले जर्ज मन्सेसँग २३ रनको साझेदारी गरेका थिए । मन्से भने १५ बलमा ८ रन बनाएर आउट भए ।

वान डाउनमा आएका स्कट कुगुलेइन २ रनमा आउट हुँदा इशान पाण्डेले १० रन बनाए । यी विकेट पतनसँगै सुदूरपश्चिम ४५ रनमा ४ विकेट गुमाएको अवस्थामा पुगेको थियो ।

त्यसपछि रत्नायकेले इनिङ्स सम्हाल्दै कप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौँ विकेटका लागि ३१ रनको साझेदारी गरे । दीपेन्द्रले १५ रन बनाएर आउट भए । त्यसपछि छैटौँ विकेटका लागि आरिफ शेखसँग २६ रनको साझेदारी गरेका रत्नायकेले अर्को छेउबाट विकेट जोगाउँदै टोलीलाई जितसम्म पुर्‍याए । आरिफले १० रन बनाए ।

बलिङतर्फ चितवनका रन्जित कुमारले दुई विकेट लिए । कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान एक–एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनका लागि डाविड मालानले सर्वाधिक ७१ रन बनाएका थिए । ओपनर कमिल मिशारा दोस्रो ओभरमै ४ रनमा आउट भएपछि तेस्रो क्रममा ब्याटिङ गर्न आएका मालानले अन्तिमसम्म टिकेर अविजित इनिङ्स खेले । उनले ५१ बलमा ९ चौका र दुई छक्का प्रहार गरे ।

मालानले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरेका थिए । खानले १६ बलमा एक छक्कासहित १८ रन बनाए । यस्तै, कमल सिंह ऐरीले ८ बलमा एक छक्काको मद्दतमा १० रन जोडे ।

चितवनका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कमिल मिशारा ४, देव खनाल ६, कप्तान रवि बोपारा १, कुशल मल्ल १, विवेक यादव ३ र उसामा मिर २ रनमा आउट भए । रिजन ढकाल ४ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले सर्वाधिक तीन विकेट लिए । थरिन्दु रत्नायकेले दुई विकेट लिँदा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक-एक विकेट लिए ।

यस जितसँगै सुदूरपश्चिमले लगातार तेस्रो पटक एनपीएलको फाइनलमा स्थान बनाएको छ । यसअघि पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर सदुपयोग गरेको हो ।

अब सुदूरपश्चिमले उपाधिका लागि आगामी शनिबार साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : १४ बजे

Your email address will not be published.

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन

मालानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन

एमालेको राष्ट्रिय भेला सम्पन्न : २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको

लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठ रोगको जोखिममा

नेपालगन्ज । लुम्बिनी प्रदेशको १० जिल्ला कुष्ठ रोगको जोखिममा रहेको