खजुरा । हरिबोधनी एकादशीका अवसरमा बाँकेको खजुरामा आयोजना भएको अन्तर माध्यामिक पालिका स्तरिय लोक भजन प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, मनकामनापुरले हासिल गरेको छ । महाभारत कथाको द्रौपतिको बस्त्रहरणलाई भाव नृत्यसहितको भजन प्रस्तुत गरेको नेरामाविले प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगितामा ज्ञानोदय नमुना मावि खजुरा द्धितिय, योगिनी मावि गौघाट तृतिय र जेनिथ मावि खजुराले सान्तव्ना पुरस्कार प्राप्त गरेका छन् । किशोर पुस्तामा आध्यात्मिक चिन्तनको विकास गर्न र नैतिक आचरणका लागि संगीतप्रति आकर्षण प्रदान गर्न उद्देश्यले खजुरामा लोक भजन प्रतियोगिताको आयोजना गरिएको आयोजक स्थानीय लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
१५ वटा माध्यामिक विद्यालयलाई प्रतियोगिताका लागि आमन्त्रण गरिएपनि ६ वटा विद्यालयले मात्र प्रतियोगितामा सहभागिता जनाएको समितका सचिव सुरेशकुमार खत्रीले बताए ।
प्रतियोगिताको उदघाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खजुराले नौलो योजनाका साथ युवा पङ्तीमा पुस्ता हस्तान्तरणको सृङ्खला सुरु गरेको बताए । उनले युवाहरुमा धार्मिक जागरण फैलायर सभ्य समाज निर्माणको जग बसाल्न लोक भजनको माध्यम उत्तम रहेको उल्लेख गर्दै स्थानीय तह यस्ता कार्यक्रममा सहकार्य गरेर जान तयार रहेको बताए ।
कार्यक्रममा खजुरा गाउँपालिकाकी उप प्रमुख मन्जु मल्ल, भजन प्रतियोगिता उपसमितीका संयोजक माधव शर्मा लगायतले प्रतियोगितालाई निरन्तरता दिन आयोजकलाई सुझाव दिए ।
















प्रतिक्रिया