५ मंसिर २०८३, शनिबार | November 21, 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त



जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । 

बाराबाट निर्वाचित प्रदेशसभा सदस्य यादवलाई प्रदेश प्रमुख डा। सुरेन्द्रलाभ कर्णले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक संक्षिप्त प्रक्रियाका बीच डा। कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

गत कात्तिक २८ गते तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए।

तर यस अवधिमा कुनै पनि दलले नयाँ सरकार गठनको दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादवले सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार धारा १६८ (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्री यादवले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ३ : ०२ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छ : संयोजक प्रचण्ड

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

काठमाडौँ । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय