६ मंसिर २०८३, आइतबार | November 22, 2026

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?



काठमाडौं, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिए । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ गराएका हुन् ।

शपथलगत्तै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले सबै दललाई समेटेर सम्मलित सरकार बनाउने बताए।उनले संवैधानिक व्यवस्थाअनुसार नै विश्वासको मत लिने र सबै दललाई समेटने दाबी गरे । 

यादव नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशको सातौं मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी दोस्रोपटक मधेशको मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख कर्णले शनिबार यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिएकोमा कसैको दावी नपुगेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सर्वदलीय सरकार गठन गर्ने दाबी गरे पनि आइतबार मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेताहरू सहभागी भएनन् । यी तीन दलमध्ये कुनैले पनि समर्थन नगरेमा यादवले विश्वासको मत पाउने सम्भावना शून्य हुन्छ । किनकि जसपासँग २७ सिट मात्र छ । सिके राउतको जनमत पार्टीसँग १२ सिट छ । सिके राउतले चुनावसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन् । 

यदि जनमतले यादवलाई विश्वासको मत दियो भने पनि ३९ मत हुन्छ । एक सिट संघीय समाजवादी पार्टीको छ । त्यो जोड्दा ४० मत पुग्छ । बहुमत पाउन ५३ मत आवश्यक पर्छ । मधेश प्रदेश सभामा एमालेको २४, कांग्रेसको २२ र नेकपाको १५ सिट छ । त्यसैले यी तीन दलमध्ये एउटा पनि दलले यादवलाई विश्वासको मत नदिएमा सरकार ढल्छ । त्यसपछि संसद् विघटन हुने नेताहरूको भनाइ छ । जसपा नेपाल भने आफ्नो पार्टी नेतृत्वको सरकार चुनावी सरकार बन्ने भन्दै खुसी देखिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १ : २७ बजे

Your email address will not be published.

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

काठमाडौं, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा

सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको