१० मंसिर २०८३, बिहिबार | November 26, 2026

नवलपुरमा पिकअप र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, १३ घाइते



नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-११ बाहुनीकुनास्थित पूर्व-पश्चिम राजमार्गमा पिकअप र ट्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी अनिल पण्डितका अनुसार डण्डाबाट सर्दीतर्फ जाँदै गरेको पिकअप र विपरीत दिशाबाट आइरहेको ट्याक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका-४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको पण्डितले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १० : २४ बजे

Your email address will not be published.

कृषिमन्त्री चौधरीद्वारा मासु भण्डारण केन्द्रको अनुगमन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई

नवलपुरमा पिकअप र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, १३ घाइते

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-११ बाहुनीकुनास्थित पूर्व-पश्चिम राजमार्गमा

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

रूपन्देही । विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित

नेपाल-भारत सहमतिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको आशा बढायो

रूपन्देही । नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन