१० मंसिर २०८३, बिहिबार | November 26, 2026

डेरी ब्यवसायी समितिको पद स्थापन सम्पन्न



बुटवल । रुपन्देही डेरी ब्यवसायी समितिको १८ औ साधारण सभा तथा आठौ अधिवेसनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

एक कार्यक्रमका बिच समितिको सचिवालयमा निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद भट्टराई, सदस्य स्वस्तिक श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरे ।

यसैगरि निर्वतमान अध्यक्ष विष्णुप्रसाद पाण्डेले नवनिर्वाचित अध्यक्ष जिवलाल न्यौपानेलाई पदस्थापन गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जिवलाल न्यौपानेले पदभन्दा जिम्मेवारी ठूलो हुने भन्दै संस्था र ब्यवसायीहरुको हकहितमा निरन्तर लाग्ने प्रतिवद्घता जनाए । सबैको साथ र सहयोगमा अघि बढ्ने उनले बताए । डेरी ब्यवसायमा चुनौतीको भारी छ । किसान र ब्यवसायीको लागत नउठ्ने तर सप्लार्यस भने सधै नाफामा रहने अवस्था अन्त्य हुने गरि सरकारबाट काम गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा समितिका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले दुग्ध ब्यवसायीहरुको विगत र आजको अवस्थासम्मको अवस्थाबारे स्मरण गर्दै चौरबाट हलमा आईपुग्दा धेरै परिवर्तन भएको बताए। ब्यवसायिक हकहितको पक्षमा सरकारबाट आवश्यक सहयोग नहुदा समस्या यथास्थितिमा रहेको उनले दुखेसो गरे ।

कार्यक्रममा पूर्वअध्यक्ष गणेशसिह भण्डारीले विगत लामोसमयदेखि स्थानिय सरकारलाई ल्याब स्थापना गरि दुधजन्य पदार्थको शुद्धता ल्याउन जरुरी रहेको बताए । फ्याक्ट र एसएनएफमात्र नभई खोरेत र अन्य जाच हुने किसिमको जाचको ब्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पूर्वअध्यक्ष गणेशसिह भण्डारी, नेत्र पाठक, निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद भट्टराई, सल्लाहकार पदम प्रसाद पौडेल, लेखा समिति संयोजक कृष्ण प्रसाद उपाध्याय, उपाध्यक्ष यम प्रसाद शर्मा, सचिव कमल काफलेले वर्तमान अवस्थामा दुग्धजन्य पदार्थको ब्यवस्थापनमा देखिएको समस्या र त्यसको समाधानका स्थानिय सरकारसंग आवश्यक पहलको दबाब दिन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ३१ बजे

Your email address will not be published.

डेरी ब्यवसायी समितिको पद स्थापन सम्पन्न

बुटवल । रुपन्देही डेरी ब्यवसायी समितिको १८ औ साधारण सभा

भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौ । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंकले Excellence in POS

१२औँ धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, संगसंगै डिस्कोर्सको छैटौँ कनक्लेभ पनि संचालन हुने

नेपालगन्ज । नेपालगन्जमा यसवर्षपनि धारा नेपालगन्ज म्याराथनको १२ औं सृङ्खलाको

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, दैनिक १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्ट

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार