१२ मंसिर २०८३, शनिबार | November 28, 2026

वासिङ्टनको रीगन विमानस्थलमा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए



वासिङ्टन । वासिङ्टन डीसीस्थित रीगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।

अमेरिकाको स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ५ः१० बजे उक्त घटना भएको हो। त्यसबेला दुवै विमान उडान भर्नका लागि रनवेतर्फ अघि बढिरहेका थिए।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले घटनाबारे जानकारी दिएको छ।

अमेरिकन एयरलाइन्सका अनुसार एउटा विमानको पखेटा अर्को विमानसँग ठोक्किएको थियो। घटनामा कुनै पनि व्यक्ति घाइते भएको खबर छैन। एफएएले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।

अमेरिकन एयरलाइन्सका अनुसार ठक्करपछि दुवै विमानलाई पुनः गेटमा ल्याइएको थियो। प्राविधिक टोलीबाट जाँच गराउन दुवै विमानलाई सेवाबाट हटाइएको छ।

एफएएका अनुसार अमेरिकन एयरलाइन्सको उडान नम्बर ६३८ को पखेटा रनवेतर्फ जाने क्रममा उडान नम्बर २१५२ को पखेटासँग ठोक्किएको थियो।

उक्त घटना सोही विमानस्थलमा भएको हो, जहाँ सन् २०२५ जनवरीमा एक यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकोप्टर आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ९ : ३६ बजे

Your email address will not be published.

प्रधानमन्त्री लक्षित विश्वप्रकाशको टिप्पणी – ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

लिमा । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको

अध्यागमन विभागको महानिर्देशक फेरिए, सात जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै

वासिङ्टनको रीगन विमानस्थलमा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए

वासिङ्टन । वासिङ्टन डीसीस्थित रीगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन

दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग

कास्की । कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु