१२ मंसिर २०८३, शनिबार | November 28, 2026

प्रधानमन्त्री लक्षित विश्वप्रकाशको टिप्पणी – ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी पत्नीले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।

शर्माले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नदिए फसाइदिने भन्ने व्यहोराको उजुरीमा उल्लेख भएको दाबीबारे स्पष्ट पार्न आग्रह गरेका हुन्।

‘कांग्रेस सभापति गगन थापालगायत डट डट व्यक्तिहरूविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने, इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीजी ? मानव अधिकार आयोगमा उनले दिएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दै छन् ?’ शर्माले प्रश्न गरेका छन्।

पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक भएको उल्लेख गर्दै शर्माले ‘इनम प्रकरण’लाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा नभई यससँग जोडिएका सम्पूर्ण सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताएका छन्।

उनले नागरिकलाई यस प्रकरणसँग सम्बन्धित वास्तविकता जान्न पाउने अधिकार रहेको उल्लेख गरेका छन्।

‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ,’ शर्माले लेखेका छन्, ‘वास्तविकता जे हो, त्यसउपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिन जरुरी छ।’

यसैबीच, इनम सापकोटाले कांग्रेस सभापति गगन थापालगायत शीर्ष नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै आफूलाई शारीरिक तथा मानसिक यातना दिइएको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

आफू र आफ्नो परिवारको जीवन रक्षाको माग गर्दै सापकोटाले पत्नी कविता पाण्डे (सापकोटा)मार्फत आयोगमा उजुरी दर्ता गराएको बताइएको छ।

उजुरीमा उल्लेखित आरोपहरूको सत्यता स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ। यस प्रकरणमा निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग शर्माले अघि सारेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १० : ०३ बजे

Your email address will not be published.

प्रधानमन्त्री लक्षित विश्वप्रकाशको टिप्पणी – ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

लिमा । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको

अध्यागमन विभागको महानिर्देशक फेरिए, सात जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै

वासिङ्टनको रीगन विमानस्थलमा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए

वासिङ्टन । वासिङ्टन डीसीस्थित रीगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन

दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग

कास्की । कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु