६ भदौ २०८३, शनिबार | August 23, 2026

जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय लुकाईयो : खेलकुद मन्त्री गहतराज



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो पटक प्रधानमन्त्री हुनेवेला गरिएको जनयुद्ध तथा जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय हालसम्म निर्णय लुकाईएको आरोप लगाएका छन् । राष्ट्रिय युवा परिषद अन्तर्गतको सहिद तथा वेपत्ता योद्धा सन्तती युवा संजालद्धारा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री गहतराजले वर्तमान सरकारले लुकाईएको उक्त निर्णय प्रक्रियालाई पूर्णता दिने बताए ।

उनले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको जानकारी दिँदै समाज रुपान्तरणकालागि ज्यानको आहुती दिने सबैलाई राष्ट्रिय सहिदका रुपमा सम्मान दिनुपर्ने बताए ।

मन्त्री गहतराजले ब्यवस्था परिवर्तनकालागि आफ्नो जिवनको बलिदान दिने महान सहिद तथा वेपत्ता योद्धाहरुकै कारण नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे । लामो संघर्षपछि प्राप्त ब्यवस्था उल्टाउन पछिल्लो समय भित्री तथा बाहिरी तत्व लागीपरेको जिकिर गर्दै उनले प्राप्त सम्पूर्ण उपलब्धि जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए ।

आफ्ना पुर्खाहरुले जिवन त्यागेर दिलाएको उपलब्धीप्रति युवाहरुले गर्व गर्न सक्नुपर्ने मन्त्री अथकको भनाई थियो । उनले सहिद तथा वेपत्ता योद्धा सन्तती युवा संजाललाई सबैको साझा संजालका रुपमा विकास गर्दै नेपालमा भएका सबै संघर्षका घाईते, अपाङ्ग तथा तिनका सन्ततीहरुलाई गोलवद्ध गर्न समेत सुझाव दिए ।

सहिद तथा वेपत्ता योद्धा सन्तती युवा संजालका अध्यक्ष आरती शर्माको अध्यक्षतामा संचालन गरीएको कार्यशाला गोष्ठीमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव नरेन्द्र पाण्डे (जेम्स) लगाएत बिभिन्न जिल्लाबाट उपस्थित २५ बढि युवाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ३१ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र