२७ भदौ २०८३, शनिबार | September 12, 2026

देशको राजनीतिलाई कता लैजाने भन्ने चाबी माओवादीसँग छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक यात्राको चाबी माओवादीको हातमा रहेको दाबी गरेका छन् ।

बिहीबार ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिलाई कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएको बताए । प्रचण्डले भने, ‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन् ।’

प्रचण्डले आफ्नो पार्टी १२२ पालिका जितेकोमा प्रतिक्रियावादीहरुले जिब्रो टोकेको टिप्पणी गरे । उनले भने, ‘हामीले त योभन्दा धेरै अपेक्षा गरेका थियौं। देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो। अरुका लागि भने बढी भाछ, माओवादीको यति आउला भनेर अरुले सोचेका थिएनन् । धेरै दस्तावेजहरू मैले हेरेको छु । ठूलठूला अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको मूल्यांकनमा हामीलाई ३० वटा पालिकाभन्दा आउँदैन भन्ने थियो । त्यसरी हेर्दा १२२ भनेको धेरै हो । बुर्जुवा र प्रतिक्रियावादीहरूले अहिले जिब्रो टोकेका छन् ।’

प्रचण्डले माओवादी केन्द्रका लागि मुख्य कुरा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु भएको बताए । सिटमा केही तलमाथि भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १ : ३३ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास