२१ चैत्र २०८२, शनिबार | April 4, 2026

स्थगित भएको हेटौंडाको नगरसभा आज



हेटौंडा । आवश्यक गणपुरक संख्या नपुगेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा आइतबार हुँदै छ ।

नगरसभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि शुक्रबारको लागि तोकिएको नगरसभा आइतबार गर्ने गरी स्थगित भएको थियो ।

एमालेबाट निर्वाचित नगरसभा सदस्य शुक्रबार सभास्थलमा उपस्थित भएर पनि हस्ताक्षर नगरी बाहिरै बसेका थिए । आइतबार दिउँसो १ बजेका लागि सभा बोलाइएको छ । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै हेटौंडाको पहिलो कार्यपालिका बैठकदेखि नै सत्तारुढ गठबन्धनबाट निर्वाचित नेकपा एकीकृत समाजवादीकी नेतृ मेयर मीनाकुमारी लामालाई असहयोग गर्दै आएको छ । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग राख्दै आएको छ ।

एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोध गरेको हो । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेको मात्रै ५४ जना रहेका छन् । नेकपा एमालेले राखेको मागलाई कुनै सम्बोधन नगरी पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।

यता हेटौंडा उपमहानगरपालिकाका मेयर लामाले जनताको हितमा भन्दा पनि मेयरको अधिकार कटौतीमै एमाले केन्द्रीत हुँदा समस्या बढेको प्रतिक्रिया दिँदै आइतबारको नगरसभामा सहभागी हुन सबैलाई अनुरोध गरेकी छिन् । आफूहरु हेटौंडालाई समृद्ध बनाउन आएको भन्दै उनले हेटौंडाको विकास र हितका लागि सोही अनुसारको निर्णयसहित नीति र कार्यक्रम पास गरेर अघि बढ्न अनुरोध गरिन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : ५२ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा